site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा काठमाडौंमा युवतीले केटाकै घरमा गरिन् ‘आत्मदाह’
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।

गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबाहेक अरू कुरा आफ्नो जानकारीमा नरहेको एसपी मैनाली बताउँछन् ।

तर, अरू प्रहरी अधिकारीहरूका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।

Global Ime bank

घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC