site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मदरसा बिस्फोटमा १० अफगानी विद्यार्थी मारिए 
Sarbottam CementSarbottam Cement

काबुल । उत्तरी अफगानिस्तानको एउटा धार्मिक विद्यालय अर्थात मदरसामा भएको एक शक्तिशाली बम बिस्फोटमा कम्तिमा १० जना विद्यार्थी मारिएको सत्तारुढ तालिवान सरकारले जनाएको छ ।

सामान्गान प्रान्तको एवाकस्थित सो विद्यालयमा भएको बम हमलामा अन्य थुप्रै व्यक्ति घाइते भएका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।
 
तर, मृतकको सङ्ख्या यकिन भइसकेको छैन । दुईजना प्रान्तीय अधिकारीले भने १७ जनाको ज्यान गएको बताएका छन् । अहिलेसम्म यस आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

मानिसहरु प्रार्थना गरेर निस्किरहेका बेला बिस्फोट भएको बताइएको छ । स्थानीय अस्पतालका एकजना डाक्टरका अनुसार मारिनेहरुमध्ये अधिकांश विद्यार्थी रहेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताक्कुरले घटनामाथि अनुसन्धान गरिरहेका तालिवान सुरक्षा फौजले आक्रमणकारीहरुलाई पक्राउ गरी सजाय दिने प्रतिबद्धता जनाएको बताएका छन् ।

Global Ime bank

ऐतिहासिक सहर एवाक प्रमुख व्यापारिक क्षेत्र र चौथो र पाँचौँ शताब्दिमा बौद्धमार्गीहरुको केन्द्रको रुपमा चिनिन्छ । यो सहर राजधानी काबुलदेखि करिब २०० किलोेमिटर उत्तरमा पर्दछ । 

तालिवान सत्तामा पुगेयता अफगानिस्तानमा दर्जनौँ बम आक्रमण भइसकेको छ । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट–खोरासान प्रोभिन्स (आईएसआईएस–के) नामक समूहले लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC