site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्विटरले अबदेखि कोभिड १९ सम्बन्धी गलत सूचना नीतिमा प्रतिबन्ध नगर्ने
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । ट्विटरले अबदेखि कोभिड १९ सम्बन्धी गलत सूचना नीतिमा प्रतिबन्ध नलगाउने भएको छ ।

ट्विटरका सीईओ एलोन मस्कले गलत सूचना नीतिको कार्यान्वयन कसैलाई थाहा नै नदिइ चुपचाप अन्त्य गरेको अन्तर्राष्ट्रिय समाचार संस्था वानइण्डियाडटकमले जनाएको छ । तर, अझै पनि फैलिरहेको भाइरससँग लड्ने प्रयासहरूमा ट्विटरको उक्त कदमले खोपमा झैँ प्रभाव पार्न सक्ने भन्दै स्वास्थ्य र मिडिया विज्ञहरूमा चिन्ता बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धेरै ट्विटर प्रयोगकर्ताहरूले ट्विटरको अनलाइन नियमहरूमा एक वाक्य अद्यावधिक गरिएको कुरा औँल्याएका छन् । जसमा ‘२३ नोभेम्बर, २०२२ देखि लागु हुनेगरी ट्विटरले अब कोभिड १९ सम्बन्धी भ्रामक सूचना नीति लागु नगर्ने’ उल्लेख छ । 

यसबारेमा प्रतिक्रिया दिँदै पूर्वआपत्कालीन कक्ष चिकित्सक डा. सिमोन गोल्डले माइक्रो–ब्लगिङ प्लेटफर्म ट्विटरमा लेखेका छन्, “ट्विटरले नोभेम्बर २३ देखि कोभिड १९ सम्बन्धी गलत सूचना नीति लागु गर्न बन्द गरेको छ । यो नीति विश्वभरका ती मानिसहरूलाई मौन राख्न प्रयोग भएको थियो । जसले भाइरस र उपचार विकल्पहरूबारे मिडिया रिपोर्टिङमा प्रश्न उठाएका थिए । अभिव्यक्ति स्वतन्त्रता र चिकित्सा स्वतन्त्रताको जित !”

Global Ime bank

पीटीआईले रिपोर्ट गरेअनुसार कोभिड १९ को भाइरस अझै पनि फैलिने क्रम जारी छ । 

रिपोर्टअनुसार मस्कले गलत जानकारीविरुद्ध लड्नको लागि प्लेटफर्मको धेरै अघिल्लो नियमहरू उल्टाउन रुचि देखाएका छन् । 

गत हप्ता मस्कले ट्विटरबाट हटाइएका खातावालाहरूलाई ‘माफी’ दिने बताएका थिए । उनले कोभिड १९ को गलत जानकारी फैलाउने धेरै व्यक्तिहरूको खाताहरू पनि पुनः ब्युँताएका छन् । जसमा रेप. मार्जोरी टेलर ग्रीनको पनि रहेको छ । उनको व्यक्तिगत खाता यस वर्ष ट्विटरको कोभिड १९ का नियमहरू बारम्बार उल्लंघन गरेको कारण निलम्बनमा परेको थियो । वानइण्डियाडटकमबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC