site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेन्टागन रिपोर्टको जवाफमा चीनले भन्याे- अमेरिका विश्वको लागि 'परमाणु खतरा'
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

वासिङटन डीसी । आणविक तनाव उन्पन्न गर्ने चीन नभइ अमेरिका भएको एक चिनियाँ अधिकारीले दाबी गरेका छन् ।

पेन्टागनले सार्वजनिक गरेको रिपोर्टमा टिप्पणी गर्दै ती चिनियाँ अधिकारीले अमेरिकी समाचार संस्था न्यूजवीकलाई सो कुरा बताएका हुन् । 

Agni Group

न्यूजवीकको रिपोर्टअनुसार पेन्टागनद्वारा जारी नयाँ प्रतिवेदनमा चीनको जनमुक्ति सेनाको क्षमता बढिरहेको छ । तर, बेइजिङले सो विशेषतालाई अस्वीकार गर्दै ‘आणविक तनाव उत्पन्न गर्ने संयुक्त राज्य अमेरिका हो, चीन होइन’ भन्दै तर्क गरेको छ ।

अमेरिकी रक्षा विभागले बुधबार बढ्दो चिनियाँ आणविक हतियार र ब्यालिस्टिक मिसाइल बलसहितको अवलोकनहरू गर्दै बुधबार ‘गणतान्त्रिक चीन संलग्न सैन्य र सुरक्षा विकासहरू’ विषयमा मूल्याङ्कन प्रतिवेदन प्रकाशित गरेको छ । 

Global Ime bank

उक्त प्रतिवेदनले चीनको जनमुक्ति सेनाले आफ्नो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) बललाई दोब्बर बनाउदै १५० बाट ३०० मा पु¥याएको अनुमान गरेको छ । साथै, सन् २०३५ सम्ममा ४०० देखि १५०० भन्दा माथि, हालको गन्तीबाट लगभग चार गुणा बढाउन खोजेको प्रतिवेदनमा उल्लेख छ ।

तर, वासिङटन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले प्रतिवेदनमा प्रश्न उठाउँदै विगतका रिपोर्टहरू जस्तै तथ्यलाई बेवास्ता गर्ने र पूर्वाग्रहले भरिएको भन्दै जवाफ दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC