site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायत–चीन सम्बन्धको स्वर्णयुग समाप्त : ऋषि सुनक
Ghorahi CementGhorahi Cement

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनसँगको कथित ‘स्वर्णयुग’ समाप्त भएको उद्घोष गरेका छन् ।

विदेश नीतिबारे आफ्नो पहिलो सम्बोधनका क्रममा उनले बेलायत र चीनबीच अघिल्लो दशकको आर्थिक घनिष्ठता साधारण रहेको बताए । उनले बेलायतले अब प्रतिस्पर्धीहरूप्रति ‘बलियो उपयोगितावाद’को साथ इच्छापूर्ण सोचलाई प्रतिस्थापन गर्न आवश्यक रहेको औँल्याए । तर, उनले चीनको विश्वव्यापी महत्त्वलाई बेवास्ता गर्न नसकिने स्पष्ट पारेका छन् ।

Agni Group

गएको महिना कन्जर्भेटिभ पार्टीको नेता र बेलायतको प्रधानमन्त्रीका रूपमा सुनकले पदभार ग्रहण गरेदेखि नै उनीमाथि चीनलाई लिएर बेलायतको कडा अडान बनाउन पार्टीभित्रका नेताहरूले दबाब दिँदै आएका थिए ।

हाल चीनमा कोभिड–१९ को लकडाउनसम्बन्धी कडा कानुनविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । त्यहाँ प्रहरीले धेरै मानिसलाई पक्राउ गरेको छ ।

Global Ime bank

एक बीबीसी पत्रकारलाई आइतबार सांघाईमा जारी प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्दा प्रहरीले कुटपिट गरेको र केही घण्टा हिरासतमा राखेको बताइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC