site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डब्ल्यूएचओले मन्कीपक्सलाई नयाँ नाम दियो
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबदेखि मन्कीपक्सलाई ‘एमपक्स’को रूपमा चिनाइने घोषणा गरेको छ ।

भाइरसको नामसँग जोडिएको नस्लवादी र कलंकित भाषाको बारेमा गुनासोहरू प्राप्त हुन थालेपछि डब्ल्यूएचओले यो कदम उठाएको हो । तर, पुरानो नाम पूर्णरूपमा मेटाइनुअघि एक वर्षसम्म पुरानो नाम ‘मन्कीपक्स’ नयाँ नामसँगै प्रयोग गर्न सकिने पनि बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्बन्धित विशेषज्ञ, मुलुक र आम मानिसहरूबीच भएको लामो छलफल पछि ‘एमपक्स’को बारे निर्णय भएको हो । डब्लयूएचओले यो नयाँ नामलाई अंग्रेजीलगायत अन्य भाषामा सजिलैसँग प्रयोग गर्न सकिने जनाएको छ । 

मानव मन्कीपक्स पहिलोपटक सन् १९७० मा पहिचान भएको हो । एक दशकभन्दा लामो समयअघि पक्रिएका बाँदरहरूमा भेटिएका भाइरसका कारण यो रोग देखिएकाले यसलाई ‘मन्कीपक्स’ भनिएको हो । 

Global Ime bank

वास्तवमा त्यतिबेला देखि नै डब्ल्यूएचओले रोगहरूलाई नामकरण गर्न सल्लाह माग्दै आएको हो । साथै, डब्ल्यूएचओले कुनै पनि रोगको नाम राख्दा त्यसले व्यापार, यात्रा, पर्यटन वा जनावरको कल्याण देखि कुनै पनि सांस्कृतिक, सामाजिक, राष्ट्रिय वा जातीय समूहलाई नकारात्मक असर नपर्नेतर्फ ध्यान दिइनु पर्ने जनाएको छ । जसको कारण कोभिड महामारीका बेला भेरियन्टहरूका नामले कसैलाई अनावश्यक रूपमा असर नपर्ने गरी ग्रीक अक्षरहरूबाट राखिएको थियो । 

यो वर्ष विश्वका धेरै मुलुकमा अस्वाभाविक रूपमा मन्कीपक्स फैलिएको छ । क्यानडा, अमेरिका र अस्ट्रेलियालगायत युरोपका २९ मुलुकमा मन्कीपक्स देखिएको हो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC