site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वकै सबैभन्दा सक्रिय ज्वालामुखी विस्फोट 
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । अमेरिकाको हवाइस्थित विश्वकै सबैभन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’बाट ज्वालामुखी विस्फोट भइरहेको छ । झन्डै ४० वर्षपछि पहिलोपटक सो ज्वालामुखी सक्रिय भएको हो ।

स्थानीय सरकारी अधिकारीहरूले पहाडको टुप्पो वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायहरूलाई खासै कुनै खतरा नरहेको जनाएका छन् । तर, अमेरिकी भौगर्भिग सेवाले भने परिस्थिति कुनै पनि बेला तीव्र गतिमा परिवर्तन हुनसक्ने चेतावनी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हवाइको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्नेबारे सतर्क गराइएको छ । त्यसैगरी ज्वालामुखीको सतर्कता स्तरलाई बढाएर ‘सल्लाह’बाट ‘चेतावनी’मा पु¥याइएको छ । 

यसअघि सन् १९८४ का मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा हिलो सहरको पाँच माइल दूरीसम्म बगेको थियो । यो पछिल्लो विस्फोट आइतबार राति यस पहाडको टुप्पो काल्डेराको मोकुआविओविओमा भएको हो । 

Global Ime bank

ज्वालामुखी विस्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौँपटक २.५ रेक्टर स्केलभन्दा शक्तिशाली कम्पन भएको थियो । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC