site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा बीबीसीका पत्रकारमाथि कुटपिट
Sarbottam CementSarbottam Cement

बेइजिङ । कोभिडको कारण सरकारले लागु गरेको लकडाउनविरुद्ध चीनभर फैलिरहेको प्रदर्शनकाे समाचार संकलन गरिरहेका बीबीसीका एक पत्रकारलाई सांघाइमा चिनियाँ प्रहरीले कुटपिट गर्नुका साथै केही समय हिरासतमा लिएको छ ।

पत्रकार एड लरेन्सलाई आइतबार मुख्य प्रदर्शन थलोमा हिरासतमा लिएर प्रहरीले केही घण्टा थुनेकाे थियाे । बीबीसीले आफ्नो कर्तव्य निभाइरहेका एक पत्रकारलाई आक्रमण गरिएकोमा गहिरो चिन्ता प्रकट गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, चीन सरकारले भने लरेन्सले आफ्नो प्रेस परिचय पत्र नदेखाएको जनाएको छ । उनलाई सबैभन्दा ठूला विरोध प्रदर्शन आयोजना भइरहेको सांघाइको उलुमुक्वी मिडल रोडमा फिल्म खिचिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थुप्रै प्रहरीले लरेन्सलाई समाएर भुँइमा लडाइरहेको भिडियो फुटेज अहिले चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

Global Ime bank

बीबीसीले यसरी पत्रकारमाथि दुर्व्यवहार हुनु खेदजनक रहेको र अहिलेसम्म चीनले यस सम्बन्धमा औपचारिक क्षमा नमागेको पनि जनाएको छ । बीबीसीका अनुसार लरेन्सलाई कुटपिट गर्दै हतकडी लगाएर लगिएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC