site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्थानीय चुनावमा अपेक्षित सफलता नपाएपछि ताइवानी राष्ट्रपति साइले दिइन् पार्टी अध्यक्षबाट राजीनामा 
Sarbottam CementSarbottam Cement

ताइपेइ । ताइवानकी राष्ट्रपति साइ इन्ग–वेनले सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

उनले पार्टीले स्थानीय चुनावमा अपेक्षित सफलता देखाउन नसकेका कारण यो कदम चालेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार सम्पन्न स्थानीय चुनावमा विपक्षी राजनीतिक पार्टी कोमिङताङ राजधानी ताइपेइलगायत थुप्रै महत्वपूर्ण स्थानमा चुनाव जित्न सफल भएको छ ।

ताइवान चीन र संयुक्त राज्य अमेरिकाबीचको एउटा ठूला भूराजनीतिक समस्या विन्दु रहेकाले पनि यस चुनावप्रति विश्वको ध्यान आकृष्ट भएको हो ।

Global Ime bank

चीनसँगको तनाव बढिरहेका बेला राष्ट्रपति साइले यस चुनावलाई लोकतन्त्रका लागि मतदानको रूपमा प्रस्तुत गरेकी थिइन् । 

साइले भनेकी छन्, “चुनावकाे परिणाम अपेक्षित जस्तो भएन... मैले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । त्यसैले मैले डीपीपीकाे अध्यक्ष पदबाट तत्काल राजीनामा दिन्छु ।”

तर, उनले स्वशासित टापु राष्ट्र ताइवानको राष्ट्रपति पदलाई भने निरन्तरता दिने भएकी छन् । सैद्धान्तिक रूपमा स्थानीय परिषद् र मेयरहरूका लागि भएको चुनावका एजेन्डाहरू अपराध नियन्त्रण तथा रोकथाम, आवास समस्या समाधान र सामाजिक कल्याण कार्यहरू जस्ता आन्तरिक विषयमा केन्द्रित रहेका छन् । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC