site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी हुन् १४५ क्षेत्रमा निर्वाचित सांसद, बाँकीमा कसको अग्रता कहाँ ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बिहान पौने ५ बजेसम्म १४५ सिटको नतिजा आएको छ ।

जसमा कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४७ क्षेत्रमा चुनाव जितेको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ३८, नेकपा (माओवादी केन्द्र)ले १६ सिट जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जसपाले पाँच, लोसपाले चार र नागरिक उन्मुक्ति पार्टीले तीन क्षेत्रमा जितेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेमकिपा, जनमत पार्टी, जमोर्चाले एक/एक सिट जित्दा राष्ट्रिय स्वतन्त्र उमेदवारले पाँच सिटमा जितेका छन् । 

कसले कहाँ जिते ?

Global Ime bank

नेपाली कांग्रेस
१) मुस्ताङ – योगेश गौचन
२) मनाङ – टेकबहादुर गुरुङ
३) काठमाडौं १ – प्रकाशमान सिंह
४) काठमाडौं ३ – सन्तोष चालिसे,
५) काठमाडौं ४– गगनकुमार थापा
६) काठमाडौं ५ – प्रदीप पौडेल
७) रसुवा – मोहन आचार्य
८) ललितपुर १ – उदयशमशेर जबरा
९) तनहुँ २ – शंकर भण्डारी
१०) डडेलधुरा – शेरबहादुर देउवा
११) काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२) पर्सा ४ – रमेशकुमार रिजाल
१३) सुर्खेत २ – हृदयराम थानी
१४) ओखलढुंगा – रामहरि खतिवडा
१५) झापा १ – विश्वप्रकाश शर्मा
१६) पर्सा १ – अजयकुमार चौरसिया
१७) गोरखा १ – राजेन्द्र बजगाई
१८) म्याग्दी – खमबहादुर गर्बुजा
१९) अछाम २ – पुष्पबहादुर शाह
२०) कैलाली ४ – वीरबहादुर बलायर
२१) दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२) कञ्चनपुर ३ – रमेश लेखक
२३) भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४) दैलेख २ – दिक्पाल कुमार शाही
२५) कञ्चनपुर २ – एनपी साउँद
२६) तनहुँ १ – रामचन्द्र पौडेल
२७) बाँके ३ – किशोरसिंह राठौर
२८) नवलपुर १ – शशांक कोइराला
२९) धादिङ २ – रामनाथ अधिकारी
३०) रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१) सिन्धुली १ – श्यामकुमार घिमिरे
३२) सप्तरी ३ – दिनेशकुमार यादव
३३) नवलपुर २ – विष्णुकुमार कार्की 
३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
३५) बर्दिया २ – सञ्जय गौतम
३६) दाङ ३ – दीपक गिरी
३७) नवलपरासी १ – विनोद चौधरी
३८) सिन्धुपाल्चोक २ – मोहन बस्नेत
३९) धनुषा २ – रामकृष्ण यादव
४०) स्याङ्जा १ – राजु थापा 
४१) गुल्मि १– चन्द्र भण्डारी 
४२) मोरङ ६ – डा. शेखर कोइराला
४३) मोरङ ३ – डा. सुनिल शर्मा 
४४) कपिलबस्तु २ – सुरेन्द्रराज आचार्य 
४५) संखुवासभा – दिपक खड्का 
४६) तेह्रथुम – सीता गुरुङ
४७) कैलाली ५ – डिल्लिराम पन्त 

नेकपा (एमाले)
१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३) ललितपुर २ – प्रेमबहादुर महर्जन
४) गुल्मी २ – गोकर्ण विष्ट
५) झापा २ – देवराज घिमिरे
६) झापा ५ – केपी शर्मा ओली
७) ताप्लेजुङ – योगेश भट्टराई
८) पर्सा ३ – राजकुमार गुप्ता
९) अर्घाखाँची – टोपबहादुर रायमाझी
१०) प्युठान – सूर्य थापा
११) मकवानपुर २ – महेश कुमार बर्तौला
१२) कास्की २ – विद्या भट्टराई
१३) पर्वत – पदम गिरी
१४) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५) रुपन्देही ५ – वासुदेव घिमिरे
१६) सोलुखुम्बु – मानवीर राई
१७) धनकुटा – राजेन्द्र राई
१८) झापा ४ – एलपी साँवा लिम्बु
१९) सिरहा १ – राम शंकर यादव
२०) बाँके १ – सूर्यप्रसाद ढकाल
२१) बैतडी – दामोदर भण्डारी
२२) कपिलवस्तु १ – बलराम अधिकारी
२३) कञ्चनपुर १ – तारा लामा तामाङ
२४) पाँचथर – वसन्त कुमार नेम्वाङ 
२५) कास्की ३ – दामोदर पौडेल
२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती
२७) मोरङ २ – ऋषीकेश पोखरेल 
२८) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता 
२९) रुपन्देही १ – छविलाल विश्वकर्मा 
३०) रुपन्देही २ – विष्णु पौडेल
३१) पाल्पा १ – नारायण आचार्य 
३२) कास्की १ – मनबहादुर गुरुङ
३३) काभ्रे २ – गोकुल बास्कोटा 
३४) बारा ३– ज्वाला कुमारी शाह 
३५) बारा १ – अच्युत मैनाली 
३६) पाल्पा २– ठाकुर गैरे 
३७) सिराह ३ – लिलानाथ श्रेष्ठ 
३८) धनुषा ३ – जुली कुमारी महतो 

नेकपा (माओवादी केन्द्र)
१) सिन्धुली २ – लेखनाथ दाहाल
२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
३) बाग्लुङ २ – देवेन्द्र पौडेल
४) रोल्पा – वर्षमान पुन
५) रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६) जाजरकोट – शक्तिबहादुर बस्नेत
७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८) दाङ २ – रेखा शर्मा
९) रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०) खोटाङ – रामकुमार राई
११) भोजपुर – सुदन किराँती
१२) मोरङ ४ – अमनलाल मोदी 
१३) हुम्ला – कार्जेन लामा 
१४) नुवाकोट १ – हितबहादुर तामाङ
१५) खोटाङ – रामकुमार राई 
१६) काभ्रे १ – सूर्यमान तामाङ

नेकपा (एकीकृत समाजवादी)
१) अछाम १ – शेरबहादुर कुँवर
२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
३) दैलेख १ – अमरबहादुर थापा
४) सल्यान – प्रकाश ज्वाला
५) डोटी – प्रेमबहादुर आले
६) बझाङ – भानुभक्त जोशी
७) रौतहट १ – माधवकुमार नेपाल
८) डोल्पा – धनबहादुर बुढा
९) धादिङ १ – राजेन्द्र पाण्डे
१०) दाङ १ –  मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौं ७ – गणेश पराजुली
२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३) काठमाडौं २ – सोबिता गौतम
४) काठमाडौं ६ – शिशिर खनाल
५) ललितपुर ३ – तोसिमा कार्की
६) चितवन २ – रवि लामिछाने
७) चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके २ – धवलशमशेर जबरा
२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३) मकवानपुर १ – दीपकबहादुर सिंह
४) झापा ३ – राजेन्द्र लिङ्देन
५) चितवन ३ – विक्रम पाण्डे 
६) नवलपरासी पश्चिम २ – ध्रुवबहादुर प्रधान 

जनता समाजवादी पार्टी, नेपाल
१) पर्सा १ – प्रदीप यादव
२) सप्तरी १– नवलकिशोर साह
३) सिराह ४– विरेन्द्र प्रसाद महतो 
४) सिराह २ – राजकिशोर यादव
५) बारा २ – रामसहाय प्रसाद यादव 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१) रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२) सर्लाही १ – रामप्रकाश चौधरी
३) महोत्तरी २ – शरदसिंह भण्डारी 
४) महोत्तरी ३ – महन्थ ठाकुर 

नागरिक उन्मुक्ति पार्टी
१) कैलाली ३ – गंगाराम चौधरी
२) कैलाली १ – रञ्जिता श्रेष्ठ चौधरी 
३) कैलाली २ – अरुणकुमार चौधरी  

जनमत पार्टी
१) सप्तरी २ – सीके राउत

राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१) भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र
१) बर्दिया २ – लालवीर चौधरी
२) सर्लाही ४ – अमरेशकुमार सिंह
३) मोरङ ५ – योगी मण्डल
४) रौतहट ३ – प्रभु साह
५) रौतहट २ – किरण साह

अब २० निर्वाचन क्षेत्रमा मतपरिणाम आउन बाँकी छ । 

बाँकी रहेका निर्वाचन क्षेत्र

इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवास नेम्वाङ अगाडि छन् ।

मोरङ १ मा एमालेका घनश्याम खतिवडाले अग्रतालाई कायमै राखेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङको अग्रता छ । 

सुनसरी २ मा एमालेका भीम आचार्यले अग्रता लिएका छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् । सुनसरी ४ मा एमालेका जगदिशप्रसाद कुसियैत अगाडि छन् । 

सप्तरी १ मा जसपाका नवलकिशोर साह र सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीको अग्रता छ । धनुषा १ मा जसपाका दीपक कार्की र ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले अग्रता कायम राखेका छन् । 

महोत्तरी १ मा माओवादीका गिरिराजमणि पोखरेल र ४ मा कांग्रेसका महेन्द्रकुमार रायले अग्रता कायम राखेका छन् ।

सर्लाही २ मा माओवादीबाट महिन्द्रराय यादवको अग्रता कायम छ । नुवाकोट २ मा अर्जुननरसिंह केसीले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । 

दोलखामा मतगणना हुन सकेको छैन । रामेछापमा पनि कांग्रेसले अग्रता कायम गरेको छ ।  

स्याङ्जा २ मा विवादका कारण मतगणना सुरु भएको छैन । रूपन्देही ३ मा राप्रपाका दीपक बोहराले आफ्नो अग्रतालाई कायम राखेका छन् । 

मुगुमा कांग्रेसले अग्रता कायमै राखेको छ । बाजुरामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC