site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कंग्रेसले ट्रम्पको कर सार्वजनिक गर्नसक्ने सर्वोच्च अदालतकाे निर्णय 
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कर फारमहरू डेमोक्रेटिक नियन्त्रित कंग्रेस कमिटीलाई सार्वजनिक गर्ने बाटो खुला गरेको छ ।

न्यायाधीशहरूले गत अक्टोबरमा तल्लो अदालतले दिएको निर्णय रोक्ने ट्रम्पको प्रयास अस्वीकार गरेका छन् । सो निर्णयले ट्रम्पको वित्तीय अभिलेखको लागि अयोगको अनुरोधलाई स्वीकार गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षाैँदेखि आफ्नो आयलाई गोप्य राखेका उनलाई सर्वोच्चको यो कदम ठूलो धक्का साबित भएको छ । अमेरिकाको चालिस वर्ष लामो इतिहासमा आफ्नो पहिलो राष्ट्रपतीय उमेदवारी घोषणा गरिसकेपछि कर विवरण प्रस्तुत नगर्ने ट्रम्प पहिलो राष्ट्रपति बनेका थिए । 

प्रतिनिधसभाको वेज एन्ड मिन्स कमिटीले सन् २०१९ देखि नै उनको कर अभिलेखसम्म पुग्ने प्रयास गर्दै आएको हो ।

Global Ime bank

गत साता मात्र ह्वाइट हाउसका लागि आफ्नो तेस्राे अभियान घोषणा गरेका ट्रम्पले आफनो व्यापार व्यवसायसँग  सम्बन्धित अन्य थुप्रै अनुसन्धान पनि खेपिरहेका छन् । तर, उनले आफूले कुनै पनि गलत काम नगरेको अडान लिँदै आएका छन् ।

सर्वोच्च अदालतको मंगलबारको यस निर्णयलाई लिएर कुनै पनि न्यायाधीशले नोट अफ डिसेन्ट जनाएका थिएनन् ।यसकाे अर्थ अब अमेरिकी कोष विभागले ट्रम्प र उनका केही व्यवसायका सन् २०१५ देखि २०२० सम्मको कर विवरण डेमोक्रेटिक नियन्त्रित समितिलाई बुझाउन सक्ने भएको छ । 

यसै महिनाको मद्यावधि चुनावपछि रिपब्लिकनहरूले प्रतिनिधिसभामाथि नियन्त्रण राख्नै लाग्दा सर्वोच्चका यो निर्णय आएको हो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC