site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा छ महिनापछि कोरोनाका कारण तीनको मृत्यु
Sarbottam CementSarbottam Cement

बेइजिङ । छ महिनाभित्र चीनले पहिलोपटक कोराना संक्रमणको कारण केही व्यक्तिको मृत्य भएको तथ्य सार्वजनिक गरेको छ । साथै, सरकारी अधिकारीहरूले कोरोना महामारी सुरु भएयता राजधानीले सबैभन्दा विकराल स्थितिको सामना गरिरहेको चेतावनी पनि दिएका छन् । 

शनिबार यता बेइजिङमा तीनजनाको कोरोना संक्रमणको कारण ज्यान गएको बताइएको छ । यसबाट चीनमा अहिलेसम्म कोरोनाका कारण मर्नेहरूको आधिकारिक तथ्यांक ५ हजार २२९ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमण नियन्त्रणका लागि चीन सरकारले लिएको 'शुन्य–कोभिड नीति'को कारण जन विरोध सुरु हुन थालेको अवस्थामा कोभिडको कारण मर्नेको पछिल्लो संख्या सार्वजनिक भएको हो । 

यस विवादास्पद नीति अनुरूप लाखौँ जनतामाथि लकडाउन गरिएको छ भने संक्रमित देखिएकाहरूलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिएका छन् । 

Global Ime bank

यसअघि नै स्थानीय प्रशासनले बेइजिङको हाइदियन भागका पसल, विद्यालय र रेस्टुरेन्टहरू बन्द गर्दै तीस लाख मानिसलाई घरभित्रै बस्न आह्वान गरिसकेको छ ।

बेइजिङमा जानेहरूले पनि भ्रमणको पहिलो तीन दिनमा कोरोना परिक्षणहरू गर्नुपर्ने र पोजिटिभ परिणाम नआउन्जेल उनीहरू घरभित्रै बस्नुपर्ने प्रावधान बनाइएको छ । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC