site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्डाेनेसियाकाे भूकम्पमा मर्नेकाे संख्या २६८ पुग्याे, मारिनेमा अधिकांश बालबालिका
Ghorahi CementGhorahi Cement

जकार्ता । इन्डोनेसियाको जावा टापुमा हालै आएको भूकम्पमा मारिनेमध्ये अधिकांश बालबालिका रहेको तथा मृतककाे संख्या बढेर २६८ पुगेको उद्धारकर्मीहरूले बताएका छन् ।

१४ वर्षीय अप्रिजाल मुल्यादी भन्छन्, “भूकम्प आउँदा म विद्यालयमा थिएँ। कक्षा कोठा गर्लम्मै ढल्यो । मेरा खुट्टाहरू भग्नावशेषमा पुरिए । मलाई मेरा जुल्फिकर नामका साथीले तानेर सुरक्षित स्थान सम्म पुर्‍याए । तर, पछि उनी आफै भने भग्नावशेषमा च्यापिएर मरे ।”

Agni Group

अहिलेसम्म एक हजारभन्दा बढी मानिस घाइते भएको तथ्यांक प्राप्त भएको छ । मंगलबार राष्ट्रिय दैवी प्रकोप रोकथाम निकाय ( बीएनपीबी)ले अझै १५० जना मानिस हराइरहेको जनाएको छ । साथै, यसले २२ हजार घर क्षतिग्रस्त भएको र ५८ हजारभन्दा बढी मानिसले विभिन्न स्थानमा आश्रय लिइरहेको पनि जनाएको छ । 

सोमबार पहाडी क्षेत्रमा आएको ५.६ रिक्टर स्केलको भूकम्पको कारण पश्चिमी जावाको सियान्जुर सहर नजिक आएको पहिरोमा सम्पूर्ण गाउँहरू पुरिएका थिए ।

Global Ime bank

राष्ट्रपति जोको विदोदोले मंगलबार भूकम्पग्रस्त विकट क्षेत्रको स्थलगत भ्रमण गरेका छन् । उनले भग्नावशेषमा फसिरहेकालाई उद्धार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC