site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अस्ट्रेलिया : विद्यालयको विज्ञान प्रयोगमा त्रुटि भएपछि बालबालिका घाइते
Sarbottam CementSarbottam Cement

सिडनी । अस्ट्रेलियाको सिड्नीस्थित एउटा प्राथमिक विद्यालयको कक्षा कोठामा भइरहेको विज्ञान विषयको प्रयोगमा त्रुटि भएपछि थुप्रै विद्यार्थी घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार शरीर नराम्ररी पोलेर गम्भीर घाइते भएका कम्तीमा दुईजना विद्यार्थीलाई एम्बुलेसन्समा हालेर अस्पताल पुर्‍याइएका छन् । अन्य नौजनालाई सामान्य चोट लागेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आउटलेट ९न्युजका अनुसार उनीहरू सोडियम बाइकार्बोनेट र मिथाइलेटिड स्प्रिटसहितको प्रयोग कार्यमा जुटिरहेका थिए । दुर्घटनालगत्तै घटनास्थलमा हेलिकोप्टरहरू, स्वास्थ्यासेवाकर्मी र अग्नि नियन्त्रकहरू पुगेका थिए । 

स्थानीय समय अनुसार सोमबार अपराह्न करिब १ बजे म्यान्ली वेस्ट पब्लिक स्कुलमा यो घटना भएका हो । न्यु साउथ वेल्स एम्बुलेन्सका निमित्त सुपरीवेक्षक फिल टेम्पलमेनले प्रयोग कार्यको क्रममा हावाको कारण प्रयोग भइरहेका केही रासायनिक पदार्थ उडेको बताएका छन् ।

Global Ime bank

पीडित बालबालिकाहरू १० देखि ११ वर्ष उमेरका छन् । उनीहरूको अनुहार, छाती, तल्लो पेट र खुट्टाहरू जलेका छन् । यस दुर्घटनामा एक जना शिक्षक पनि सामान्य घाइते भएका छन् । 

अनलाइनमा पनि भेटिने 'कार्बन सुगर स्नेक' नामक एक लोकप्रिय विद्यालय विज्ञान प्रयोगमा मिथाइलेटिड स्प्रिट र बेकिङ सोडा अर्थात् सोडियम बाइकार्बोनेटको प्रयोग हुने गर्दछ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC