site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाकाे समलिंगी क्लबमा गोली चल्दा पाँचजनाकाे मृत्यु
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकाको काेलाेराडाेस्थित एउटा समलिंगी क्लबमा शनिबार राति एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाकाे मृत्यु भएकाे छ । अन्य १८ जना घाइते भएका छन् ।

हिरासतमा लिइएका सन्दिग्ध आक्रमणकारीको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोलाेराडो स्प्रिंग्सको क्लब क्युले फेसबुकमा राखेको एक विज्ञप्तिमा भनिएको छ, “हाम्रो समुदायमाथि भएको संवेदनारहित आक्रमणको कारण हामी मर्माहत छाैँ । साथै, बन्दुकधारीलाई तत्काल नियन्त्रणमा लिने ग्राहकहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ ।”

सन् २०१६ मा पनि फ्लोरिडाको ओर्लान्डोस्थित एउटा यस्तै पल्स नामक समलिंगी क्लबमा भएको गोलीकाण्डमा ४९ जनाले ज्यान गुमाएका थिए भने ५० जना भन्दा बढी घाइते भएका थिए ।  

Global Ime bank

कोलाेराडो स्प्रिंग्स प्रहरीले स्थानीय समयअनुसार शनिबार राति ११:५७ मा पहिलो आपत्कालीन कल प्राप्त भएको जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी क्लब भित्रै थिए ।

गोली चलाइनुको कारण प्रहरीले खुलाएको छैन । तर, मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । प्रहरीले पक्राउ परेका २२ वर्षीय व्यक्तिको नाम  एन्डरसन लि एल्ड्रिक भएको जनाएको छ ।

घटना हुँदा क्लबमा डान्स पार्टी चलिरहेको थियो । क्लबको आइतबार साँझ तेस्राे लिंगीहरूको स्मृति दिवसमा एउटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC