site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवा भेदभावको शिकार : संयुक्त राष्ट्रसंघ
Sarbottam CementSarbottam Cement

प्रिटोरिया । दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाले विद्यालयदेखि  काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा  समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ ।

उमेर, लिंग, शिक्षा, आम्दानी र छालाको रंगका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडिमात्र जारी गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् । बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएका छन् ।

“बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ,ड उनले भनिन्, “विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो ।” रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC