मेगा बैंकको १०औँ वार्षिक साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । मेगा बैंक नेपालको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले १० प्रतिशत बोनस सेयर र १३.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।