केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउन्डेसन (केबीसीएफ), एक अग्रणी गैरनाफामूलक संस्था हो । जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्द्धन गरिरहेका छन् । 

कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासका लागि नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्दै छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूका लागि काम गरिरहेको छन् भने वर्ल्डलिंक कम्युनिकेसन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दै छ ।

वर्ल्डलिंक कम्युनिकेसन्सको प्रयासले समाजका विपन्‍नवर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठूलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीबीच यसले पुष्टि गरिसकेको छ कि विद्यालय, व्यापारलगायत अनलाइनको प्रयोगसँगै इन्टरनेटको महत्त्व झनै बढेर गएको छ ।

केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्त्वमाथि जोड दिए । “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासका लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्त्वपूर्ण छ । यस सम्बन्धमा डिजिटल अर्थतन्त्रका लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो  पूर्वाधार हुनु महत्त्वपूर्ण हुनेछ ।”

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सामुदायिक समूह र व्यक्तिहरूका लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने बताए । “सबैका लागि, जहाँ पनि जतिबेला पनि जोड्ने“ हाम्रो संस्थाको मूल्य र मान्यतासँग पूर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउनेछौं,” उनले भने ।

दुवै पक्षले रोजगारी सिर्जना र स्थानीय उद्यमी एवं मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । दुवै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्ने जनाइएको छ ।

ad