वायर्नको सहज जित 

वायर्नको सहज जित 

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले आर्मिनियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

आर्मिनियाको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन थोमस मुलर र रोबेर्टाे लेवान्डोस्कीले दुई–दुई गोल गरे । खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । 

२५ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्यूरी समाय लेवान्डोस्कीले व्यक्तिगत तथा क्लबका लागि दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । 

५१ औँ मिनेटमा मुलरले गोल गर्दै वायर्नलाई जिततर्फ डोराय । उता आर्मिनियाका लागि खेलको ५८ औँ मिनेटमा रिस्टु डोवानले गोल गरे पनि टिमको हार टार्न सकेनन् । 

जितसँगै वायर्नले लिगमा ४ खेलबाट ९ अंक जोड्दै आफूलाई लिगको दोस्रो स्थानमा उभ्याएको छ । पराजित आर्मिनियाको ४ खेलबाट ४ अंक छ । 
 

ad