चलचित्र ‘खाली पिली’ र ‘का पे रानसिंगम’ ड्राइभ-इन-थिएटरमा रिलिज हुँदै

चलचित्र ‘खाली पिली’ र ‘का पे रानसिंगम’ ड्राइभ-इन-थिएटरमा रिलिज हुँदै

एजेन्सी । महामारीका कारण पछिल्लो ६ महिनादेखि घरबाहिरका मनोरञ्जन विकल्पहरु स्थिर छन् । चलचित्रप्रेमीहरु मल्टिप्लेक्स वा हलमा गएर चलचित्र हेर्ने प्रतिक्षामा छन् ।

चलचित्रप्रेमीहरुको यही सम्झनालाई जी इन्टरटेन्मेन्ट इन्टरप्राइज लिमिटेडले जी-लाइभ स्टुडियोको साझेदारीमा हरेक साता नयाँ प्रिमियरको अनुभव सुनिश्चित गर्ने भएको छ । ‘सुपरमुन ड्राइभ-इन’ मार्फत जी लाइभले दर्शकको आ-आफ्नो कारमै सुरक्षित रुपमा बसेर नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । बलिउड चलचित्र ‘खाली पिली’ र दक्षिण भारतीय नयाँ चलचित्र रिलिज गरी भारतमा ड्राइभ–इन मुभी फेस्टिबलको सुरुवात गर्न लागिएको हो ।

‘सुपरमुन ड्राइभ-इन’ मार्फत यी दुई चलचित्र भारतका दुई सहर गुडगाउँ र बेंग्लोरमा प्रदर्शन गरिनेछन् । ‘सुपरमुन ड्राइभ-इन’ यही अक्टोबर २ देखि ४ तारिखसम्म सञ्चालन हुनेछ । यी तीन दिनमा दुवै सहरमा गरी जम्मा ११ शो देखाइनेछ । 

गुडगाउँको ब्याकयार्ड स्पोर्टस् क्लब मा ४ अक्टोबरमा खाली पिली प्रदर्शनी गरिनेछ । बेंग्लोरमा सोही दिन सोही चलचित्र र अर्को ‘का पे रानसिंगम’ फोनिक्स मार्केटसिटी ह्‍वाइट फिल्डमा प्रदर्शनी गरिनेछ ।

ड्राइभ-इन थिएटर लन्चबारे बोल्दै जी लाइभका बिजनेस प्रमुख स्वरुप बनर्जी भन्छन्, “हलमा गएर चलचित्र हेर्ने नपाइरहेको अवस्थामा ‘सुपरमुन ड्राइभ-इन’ सुरु गर्न पाउँदा हामी निकै उत्साही छौं । यो लकडाउनमा दर्शकले सबैभन्दा बढी मिस गरेको घरबाहिरको मनोरञ्जन भनेकै हलमा गएर चलचित्र हेर्ने दिनहरु हो ।”

साथै उनले अफ्ना दर्शकका लागि आवश्यक सुरक्षाका सावधानी प्रदान गरी निर्धक्क आफ्नो गाडीमा बसेर चलचित्र हेर्ने व्यवस्था प्रदान गर्ने उनले बताए ।

सुरक्षााको विश्वव्यापी मापदण्डहरु जस्तै सामाजिक दूरी र सरसफाइलाई विशेष ध्यान दिने र सम्पर्करहित टिकटको व्यवस्था गरिने पनि आयोजक टिमले बताएको छ । चलचित्र ‘खाली पिली’ मा अभिनेत्री अनन्या पाण्डे र इशान खत्तरको अभिनय छ । अर्को चलचित्रमा साउथ सुपरस्टार विजय सेतुपति र ऐश्वर्या राजशिनको अभिनय छ । -बलिउड हंगामा

ad