१२ किलो गाँजासहित दुईजना पक्राउ 

१२ किलो गाँजासहित दुईजना पक्राउ 

सर्लाही । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–६ खुटौनाको नहरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ बस्‍ने ३० वर्षीय तौसिफ राजा मिकरानी र ३१ वर्षीय अजमल मिकरानी रहेका छन् । उनीहरुको साथबाट १२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

ad