Skip Advt.

सहज जितसँगै रियल अघिल्लो चरणमा

सहज जितसँगै रियल अघिल्लो चरणमा

एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रेको अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले युनिओनिस्टासलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

युनिओनिस्टासको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन ग्याराथ बेल र ब्राहिम डिजले एक–एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो । उता युनिओनिस्टासका लागि रोमेरो मोरिल्लोले एक गोल फर्काए ।

खेलको १८ औँ मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । युनिओनिस्टासका लागि ५७ औँ मिनेटमा मोरिल्लोले बराबरी गोल फर्काए ।

६२ औँ मिनेटमा माटेओको आत्मघाती गोलमा रियलले २–१ गोलको अग्रता बनायो । खेलको इन्जुरी समयमा ब्राहिमले गोल गर्दै ३–१ गोलको जित दिलाए । 

ad