site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायी र सर्वसाधारणसँग रहेको भारु जोखिममा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि नेपालका सर्वसाधारण तथा व्यवसायीसँग भएका ५ सय र १ हजार दरका भारु नोटको भविष्य अनिश्चित भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोट मंगलबार मध्यरातदेखि नचल्ने घोषणा गरेपछि नेपालमा पनि अन्योल सिर्जना भएको हो । भारत सरकारले प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बुधबार बिहानदेखि १ हजार र ५ सय दरका भारु सटहीमा बन्देज लगाइसकेको छ । 
नेपामला भएका यस्ता नोट साट्न परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पहल अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भारु साट्ने प्रत्याभूति नदिएसम्म केही गर्न नसकिने राष्ट्र बैंक विदेशी विनियम विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । 
कालो धन र जाली नोट व्यवसायी तथा सर्वसाधारणसँग भएको आशंकामा भारतले प्रतिबन्ध लगाएकाले बैंकिङ प्रणालीभन्दा बाहिरका भारु आरबीआईले स्वीकार गर्छ वा गर्दैन भन्नेमा अन्योल रहेको ढुंगानाले बताए । “कालो धन र जाली नोट निषेध गरेकाले बैकिङ प्रणालीभन्दा बाहिरका सर्वसाधारण तथा व्यवसायीसँग भएका ५ सय र १ हजार दरका नोट आरबीआईले स्वीकार नगर्ने सम्भावना धेरै छ,” उनले भने, “बैंकिङ प्रणालीमा भने करिब २ करोड रुपैयाँको हाराहारीमा ५ सय र १ हजार दरका भारु छन् । धेरै पैसा त व्यवसायी र सर्वसाधारणको हातमा छ । यो पैसा आरबीआईले स्वीकार नगर्न पनि सक्छ ।” 
बैंकिङ प्रणालीमा भएको भारु नै स्वीकार गर्ने वा नगर्ने निश्चित नभएको उनले बताए । “कूटनीतिक प्रणालीबाट प्रक्रिया अघि बढेको छ । केही दिनभित्र यसको टुंगो लाग्छ । नेपाल–भारत खुला सीमानाका कारण बैंकिङ प्रणालीभन्दा बाहिर धेरै भारु छ,” उनले भने । 
नेपालको कानुनअनुसार २५ हजार रुपैयाँभन्दा बढी भारु गैरकानुनी भएको उनले बताए । उनका अनुसार एक व्यक्तिले २५ हजार रुपैयाँभन्दा बढी भारु सटही गर्न पाउँदैन । “२५ हजारभन्दा बढी भारु छ भने एक सयकै नोट भए पनि त्यो गैरकानुनी हो, कुनै पनि बेला जफत हुन सक्छ,” उनले भने । 
५ सय र १ हजार दरका भारु प्रतिबन्धमा परेपछि नेपाली व्यवसायी मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् । भारतले राम्रा निर्णय गरेको भए पनि व्यवसायीसँग रहेको भारु चल्छ क चल्दैन भन्नेमा अनिश्चितता देखिएको उनको भनाइ छ । काठमाडौ उपत्यकाका व्यवसायी र सीमा क्षेत्रका व्यवसायी तथा सर्वसाधारणसँग धेरै भारु हुने भएकाले उनीहरूलाई समस्या भएको उनले बताए । “कतिपयले सामान आयात गर्दाको भाडा तिर्नेदेखि सामान खरिद गर्नका लागि भारु राखेका हुन्छन् । अब  ती नोट नचल्दा समस्या त हुने नै भयो,” मुरारकाले भने ।
भारतमा लाखौं नेपाली रोजगारीमा रहेको र भारतसँग अनौपचारिक प्रणालीबाट व्यापार बढिरहेकाले व्यवसायी र सर्वसाधारणसँग बढी नै भारु सञ्चित रहेको अनुमान गरिएको छ । केही वर्षअघि ५ सय र १ हजार भारु कारोबार नेपालमा खुला गरिएको थियो । यता, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग भएको १ हजार र ५ सय दरका भारु मौज्दातको विवरण मागेको छ । 
चालु आर्थिक वर्षको भदौसम्ममा नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको छ । असोजको विवरण आउन बाँकी रहेकाले भारु सञ्चित योभन्दा बढी छ । भारतसँग भारुमा मात्र कारोबार हुने भएपछि राष्ट्र बैंकले त्यहाँको आरबीआईलाई डलर बेचेर भारु खरिद गर्दै आएको छ । नेपालको कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro