site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलको बदनाम गराउने फ्लाइ दुबईलाई चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदनाम गराउने फ्लाइ दुबईलाई चेतावनीसहित क्षतिपूर्ति दिन छानबिन समितिले निर्देशन दिएको छ । असोज २८ साउदी फ्लाई दुबईको उडानबाट त्रिभुवन विमानस्थलमा आएका नेपाली कामदारको लगेज चोरी भएको बारेमा छानविन गर्न गठन भएको समितिले साउदीकै जेद्दा विमानस्थलमै चोरी भएको र फ्लाइ दुवईलाई क्षतिपूर्ति दिन निर्देशन दिएको छ । 
त्रिभुवन विमानस्थलमा लगेज ओराल्दा नफुटेको र र्‍यापिङसँगै आएकोले यहाँ चोरी नभएको पाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द शर्माले जानकारी दिए । “यहाँ नेपाल प्रहरीले लगेज निकालेको थियो” शर्माले भने, “र्‍यापिङ पनि नतोडिएको पाइएकोले उतै चोरी भएको प्रमाणित भएको छ ।”
साउदी अरबमा गैरकानुनी भएको भन्दै त्यहाँका प्रहरीले हिरासतमा राखेर फर्काएका १८ जना कामदारहरूको समान चोरी भएको भन्दै उजुरी परेको थियो । उक्त घटनाको छानबिन गर्न भन्दै विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको थियो । 
समितिका यस्ता छन् सुझाव 
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको संयोजकत्व प्रकाशचन्द्र ढकाल, छविलाल खनालसहित पाँच सदस्यीय समितिले अबका दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाहरुलाई केही सुझाव पनि दिएको संयोजक ठाकुरले जानकारी दिए ।
चोरी जहाँ भएपनि बदनाम विमानस्थल हुने भएकोले सुरक्षा तथा व्यवस्थापन सुधारको लागि विभिन्न सुझाव दिएको उनले प्रष्ट पारे । विमानबाट लगेज निकाल्दाखेरी एयरलाइन्स, प्रहरी र नेपाल एयरलाइन्सले राखेका सुरक्षा गार्डसहितको सुरक्षा टोली अनिवार्य रुपमा हरेक उडानमा राख्नुपर्ने सुझाव समितिले दिएको छ । 
यदि समान टुटफुट अवस्थामा भेटिएमा त्यसको जानकारी यात्रुलाई तत्काल दिनको लागि त्यस्तो सुरक्षा संयन्त्रा तैनाथ हुनुपर्ने सुझाव दिएको ठाकुरले जानकारी दिए । 
अध्ययनको क्रममा विमानस्थलमा सीसीटीभी भए पनि त्यसको प्रयोग नभएको पाइएको र त्यसले व्यवस्थापन तथा सुरक्षा व्यवस्था अस्तव्यवस्त भएको पाइएकोले नियमित फुटेजको नियमित अनुगमन गर्न सरोकारवालाहरुलाई समितिले सुझाएको छ । 
त्यस्तै विमानस्थलमा रातिको समयमा पर्याप्त प्रकाशको व्यवस्था नहुँदा समस्या उत्पन्न भएकोले त्यसको व्यवस्था गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro