राजनीति
भक्तपुर। नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा कुनै पनि राजनैतिक दल जान नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा नेता राईले महाअभियोगका पक्षमा जनमत रहेकाले यसकाबिरुद्ध कुनै पनि दल जान नसक्ने बताए ।
उनले महाअभियोगका विपक्षमा जाने दललाई जनताले माफी नदिने बताउँदै “यदि कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा त्यो दललाई नेपाली जनताले कारबाही गर्छन् र जनस्तरबाट सजाय दिन्छन् भने ।”
नेता राईले काँग्रेसले समेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्तगर्दै विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएको र सरकार त्यसको चङ्गुलमा फस्दै गएको आरोप लगाए।
एमाले नयाँ सत्ता समीकरणमा नलागेको स्पष्ट पार्दै उनले संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने रु भन्ने सवालमा एमाले चिन्तित रहेको छ भने ।
नेता राईले प्रधानमन्त्री दाहालले आफू चौघेरामा घेरिएको भनाइ सार्वजनिक गर्नु देशकै लागि घातक साबित हुन सक्ने बताउँदै उहाँ के कारणले चौघेरामा परेका हुन् त्यसबारे जनतालाई जानकारी दिनुपर्दछ भने ।
संविधान गतिशील र समयको अवश्यकताअनुसार संशोधन गर्न सकिने भएपनि औचित्य बिनाको संशोधन एमालेका लागि स्वीकार्य छैन बताए । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १५:५८
प्रतिक्रिया दिनुहोस्