विदेश
काठमाडौं । भारतको उडिसा राज्यको मल्कानगिरी जिल्लाको बेजाङगीमा भएको प्रहरी कारबाहीमा १८ जना माओवादी लडाकुको मृत्यु भएको दि टाइम्स अफ इन्डियाले जनाएको छ ।
घटनास्थल आन्द्र प्रदेश तथा उडिसा राज्यको सीमामा पर्छ । उक्त घटनामा दुई प्रहरीहरु पनि गम्भिर रूपमा घाइते भएको बताइएको छ । घटनामा प्रहरीले माओवादीका महत्वपूर्ण हतियार तथा सामग्रीहरु पनि बरामद गरेको छ, जसमा ३ वटा एके फोर्टी सेभेन, ५ एसएलआर तथा तीन सय राइफल छन् ।
माओवादीको ठूलो बैठक हुन लागेको खबर प्राप्त भएपछि प्रहरी कारबाही भएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ ११:५३
प्रतिक्रिया दिनुहोस्