
काठमाडौं । विश्वकै प्रमुखमध्येको विद्युतीय सवारी निर्माता बीवाईडीले काठमाडौंमा हाई–टेक विक आयोजना गरेको छ । बुधबारदेखि सुरू भएको कार्यक्रम आइतबारसम्म चल्नेछ ।
काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेल परिसरमा आयोजना गरिएको कार्यक्रममा बीवाईडीका शक्तिशाली गाडी र कम्पनीको अत्याधुनिक प्रविधि प्रदर्शनीमा राखिएको छ ।
उक्त प्रदर्शनीमा बिहीबार नेपालका लागि चिनियाँ राजदूत चेन सङ उपस्थित भएर अवलोकन गरेका थिए ।
नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यो कार्यक्रमले इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने जनाएको छ ।
हाइ–टेक विक घोषणासम्बन्धी कार्यक्रममा बुधबार साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यो महत्त्वपूर्ण इभेन्ट हुने बताइन् । बीवाईडीका गाडीको प्रविधि, गुणस्तर र दिगोपनालाई हाइ–टेक विकले झल्काउने उनले बताइन् ।