काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
महाशाखाका अनुसार, आज दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार (भोलि) र सोमबार (पर्सि) पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।