site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेल्प नेपाल र क्यालिकटबीच उपाधि भिडन्त
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसी र क्यालिकट हिरोजले इरानको यू–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिबार नै उपाधि भिडन्त हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्यो । यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार व्यहोर्‍यो । क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

क्यालिकटले इरानी युवा टोलीविरुद्ध दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो । तर, चौथो सेट भने रोमाञ्चक बन्यो । यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो । दोस्रो खेलमा हेल्प नेपालले क्लब एचडीसीलाई ३–० को सोझो सेटमा नै हरायो । पहिलो दुई सेट हेल्प नेपालले २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेटमा क्लब एचडीसीले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै क्यालिकटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।    

पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक जोडेको थियो । यससँगै सेमिफाइनलमा शीर्षस्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडीसीसँग खेलेका हुन् ।  नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्लब एचडीसीले चार खेलबाट तीन अंक जोडेको छ ।

Royal Enfield Island Ad

गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो । आठौँ प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् । सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro