अर्थ व्यवसाय
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा आज सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दिपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूण स्तोम त्रिपाठी निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १७:५७
प्रतिक्रिया दिनुहोस्