काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन कोषमा दश लाख अमेरिकी डलर सहयोग गरको छ ।
टेक जायन्ट मेटाका मालिक मार्क जुकरबर्गले नोभेम्बरमा ट्रम्पसँग उनको मार–ए–लागो रिसोर्टमा भेट गरेका थिए । उक्त भेटलाई जुकरबर्गले चुनावपछि ट्रम्पसँग आफ्नो र आफ्नो फर्मको सम्बन्ध सुधार गर्न खोजेको रूपमा हेरिएको थियो ।
ट्रम्पले यसअघि सन् २०१७ को चुनावी अभियानमा आफूविरुद्ध काम गरेको भन्दै चर्काे आलोचना गरेका थिए ।
मेटाले यसअघि वर्तमान राष्ट्रपति जो बाइडेन वा त्यसअघि ट्रम्पकै उद्घाटन कोषमा भने दान नगरेको बताएको थियो । अहिले भने ट्रम्पको कोषमा सहयोग गरेको कम्पनीले पुष्टि गरेको छ ।
सन् २०२५ को जनवरी २० मा ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् ।