कला
काठमाडौं । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ ।
शनिबार रिलिज भएको गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । गीतमा नेपाली र थारू भाषाको मिश्रण छ ।
गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा थारू समुदायको कला संस्कृतिलाई झल्काउन प्रयास गरिएको छ ।
चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् । भिडियो निर्देशन जेरी भण्डारीको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १०:४०
प्रतिक्रिया दिनुहोस्