site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल अधिकारको आधारशिला जेनेभा घोषणापत्रको एक दशक पूरा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । ‘सेभ द चिल्ड्रेन’ले बाल अधिकारसम्बन्धी विश्वकै पहिलो दस्तावेज जेनेभा घोषणापत्र जारी भएको एक शताब्दी पुगेको अवसरमा ‘बाल अधिकार शताब्दी महोत्सव’ मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको जेनेभा घोषणापत्रले विश्वभर बाल अधिकार पैरवीका लागि ऐतिहासिक आधारशिला निर्माण गरेको थियो । बाल अधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेन अग्रणी संस्था मानिन्छ ।

जेनेभा घोषणापत्रको एक दशक र नेपालमा सेभ द चिल्ड्रेनले बाल अधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको छ । सेभ द चिल्ड्रेन नेपाल र भूटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीका अनुसार, नेपालमा सेभ द चिल्ड्रेनले सन् १९७६ बाट काम गर्न सुरु गरेको थियो । बालबालिकाको स्वास्थ्य, पोषणा र शिक्षा क्षेत्रबाट काम गर्न सुरु गरेको सेभ द चिल्ड्रेनले चार दशकमा नेपालमा बाल अधिकारलाई संविधानसम्म समेट्न सफल भएको छ ।

KFC Island Ad
NIC Asia

बालमैत्री स्थानीय शासन, १० वर्षे सशस्त्र संघर्षको समयमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने, बाल श्रम निषेध गर्ने कानुन, बालबालिकासम्बन्धी ऐन र बालबालिका सम्बन्धी राष्ट्रिय नीति लागु गर्नमा सेभ द चिल्ड्रेनको भूमिका महत्त्वपूर्ण छ ।

‘नेपालमा बाल अधिकार अभियान : अवसर र भावी मार्गचित्र’ शीर्षकमा सेभ द चिल्ड्रेनले प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदनले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बाल अधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगोरूपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिवेदन अध्ययनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले विशेष संरक्षण आवश्यकता भएका बालबालिकालाई प्राथमिकता दिँदै बालबालिकाको आवाजलाई नीति निर्माणको हरेक तहमा समेट्न सरकार प्रतिबद्ध रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro