site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
SkywellSkywell

राजविराज । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिँदा आवतजावतमा समस्या भएको  छ । भारतसँग जिल्लालाई जोड्ने उक्त सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व संकलन समेत प्रभावित भएको छ । अहिले उक्त सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।

KFC Island Ad
NIC Asia

वर्षा हुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ ।कटान समेत हुने गरेको छ । 

स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए । उनले भने, “वर्षाका कारण वस्ती  डुबानमा नै रहेको छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।”

Royal Enfield Island Ad

उक्त सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको छ । कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उनले बताए । वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी  बिन्दुलाल मुखियाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro