site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
सदभावले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिने
SkywellSkywell

काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिने भएका छन् । एमेच्योर खेलाडीको लागि हुने प्रतिष्ठित एसियालीस्तरको च्याम्पियनसिप असोज १७ गतेदेखि २० गतेसम्म जापानमा हुने छ ।

नेपालको प्रतिनिधित्व गर्ने सदभावलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे । सदस्य–सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

Dabur Nepal
NIC Asia

सदभावले एसियाकै ठूलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए । नेपालको टप एमेच्योर गल्फरको रूपमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको र यसले पनि सहयोग गर्ने बताए ।

यही प्रतियोगिताको लागि सदभावले अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण गरेर नेपाल आएका हुन् । प्रशिक्षणकै क्रममा उनले युएस एमेच्योर च्याम्पियनसिप र जुनियर प्लेयर्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए । साथै, सदभावले गत मेमा एएसीको निमन्त्रणामा अहिले हुने च्याम्पियनसिपको गल्फ कोर्समा प्रशिक्षणमा भाग लिएका थिए । च्याम्पियनसिप जापानको गोटेम्बास्थित ताहियो क्लबमा हुने छ । एमेच्योरको वरीयताको आधारमा सदभावले यो अवसर पाएका हुन् ।

नेपालबाट टासी छिरिङ पनि भाग लिन छनोट भएका थिए । तर, केही दिन अगाडि घुँडामा चोट लागेका कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् ।

बिदाइ कार्यक्रममा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सदभावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । उनले एसियन गेम्स र ओलम्पिक गेम्समा मेडल सम्भावना रहेको हुनाले सरकार र राखेपको तर्फबाट सहयोग गर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro