site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी
SkywellSkywell

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुवानमा परेका हुन् । नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् । 

आज बिहान बाढी डुवान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए । 

Dabur Nepal
NIC Asia

प्रतापपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ऋषिदेव पटेलले ३०० विघा धानबालीमा क्षति पुगेका बताए । उनले केहि घर पनि डुवानमा परेको बताए । सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ । बाढीका कारण संयौं विघामा लगाइएको धानबालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिव ११ सय विघामा लगाइएको धानबालीमा क्षति पुगेको हो । 

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले नारायणी नदीबाट वर्षेनी हुने डुवानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन् । सरकारले दुई अर्ब ७७ करोड लागत हुने गरी दुई वटा डीपीआर तयार गरेर यो वर्ष करिव ४० करोड बजेट विनियोजन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro