site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मूल्यवृद्धि बढेपछि आयोगले भन्यो– उपभोक्ताको अधिकार सुनिश्चित गर
SkywellSkywell

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ठूला पर्व नजिकिँदै गर्दा मूल्यवृद्धि अनपेक्षित रूपमा बढेपछि आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
 
दसैँं, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्रीको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायत विषयमा अनुगमन गरेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आमउपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन तीनवटै तहका सरकारलाई भनेको छ ।
 
सवारी साधनमा गर्भवती महिला, वालवालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विरामीलाई प्राथमिकता दिन आयोगले भनेको छ ।

Dabur Nepal
NIC Asia

“आमउपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीहरूको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई थप प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 
खाद्यान्न तथा अन्य वस्तुहरुको बिक्रीको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायत विषयमा आयोगले अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन एवम् सो अन्तर्गतका सुपथ मूल्यका पसलहरू, सुपर मार्केट र खुद्रा किराना पसलहरूबाट जानकारी लिएको जनाएको छ ।

काठमाडौं उपत्यकाका बल्खु, कलंकी, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसायी केन्द्रहरू र सेवाग्राहीहरूसँग पनि आवश्यक जानकारी लिइएको आयोगले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro