खेल
काठमाडौं । नेपाल आर्मीका मिन कार्कीले छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत ईपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोस्रो र वाग्मती प्रदेशका टार्जन दाहाल र शुलभ सुनुवार तेस्रो भए ।
नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा वाग्मतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेस्रो बनिन् ।
महिला टिम ईपीमा एपीएफ पहिलो, गण्डकी दोस्रो तथा सुदूरपश्चिम र कोसी तेस्रो भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ २२:०२
प्रतिक्रिया दिनुहोस्