विदेश
काठमाडौं । इन्डोनेसियाको हलमाहेरा टापुमा रहेको ईबू ज्वालामुखी फेरि विस्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी एक हजार मिटरसम्म उचाइमा पुगेको थियो ।
विस्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादल उत्तरपश्चिममा उत्सर्जन गरेको छ । एक हप्ताभित्र ज्वालामुखीको पाँचौं विष्फोट हो ।
प्यासिफिक रिङ अफ फायरमा अवस्थित इन्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्