काठमाडौं । तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । शुक्रबार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
शुक्रबार बिहान बसेको एनडीए गठनबनका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो ।
राष्ट्रपतिलाई भेटेपछि मोदीले आफूलाई नवनिर्वाचित प्रधानन्त्रीका रूपमा नियुक्त गरिएको बताएका छन् ।
मोदीले आइतबार साँझ साढे ७ बजे शपथ लिने तय भएको छ ।
जुन ४ मा सार्वजनिक भएको लोकसभा चुनावको नतिजामा एनडीए गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । भाजपा नेतृत्वको एनडीएले ५४३ सदस्यीय लोकसभामा २९३ सिट पाएको छ ।
मोदी पहिलोपटक २०१४ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी लगातार सरकारमा छन् ।