सिड्नी । अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले बेलायत लगायतका अन्य मुलुकबाट पनि आफ्नो देशमा सेना नियुक्त गर्न अनुमति दिने भएको छ ।
अष्ट्रेलियामा क्षेत्रीय चुनौतीको सामना गर्न सेनालाई सुदृढ गर्न खोजिएको बताइएको छ । आउँदो जुलाईबाट न्युजिल्यान्डका नागरिक जो त्यहीका स्थायी बासिन्दा हुन् उनीहरूले अष्ट्रेलियन सेनामा भर्तीका लागि आवेदन दिन सक्नेछन् ।
त्यसपछि अर्को वर्षबाट बेलायत, अमेरिका र क्यानडा लगायतका मुलुकबाट पनि सैनिक भर्ना गरिने जनाइएको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेजले राष्ट्रिय सुरक्षाको चुनौती आगामी दशक र त्यसपछि सामना गर्न सैन्य भर्नाको आवश्यकतासम्बन्धी योग्यता परिवर्तन गर्नु परेको जनाएका छन् ।
अष्ट्रेलिया र न्युजिल्यान्डबीच पहिला नै दुवै देशका सेनाबीच आर्मी कर्प्स रहँदै आएको छ । इन्डो प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य विस्तारलाई निस्तेज गर्न अष्ट्रेलियाको बेलायत र अमेरिकीसँग सन् २०२१ मा अकस्ट प्याक्टमा हस्ताक्षर भएको थियो ।
अष्ट्रेलियाले राख्न लागेको नयाँ मापदण्डमा कुनै पनि देशको व्यक्ति स्थानीय बासिन्दा भएर कम्तीमा एक वर्षदेखि अष्ट्रेलियामा रहेको र विगत दुई वर्ष यता कुनै पनि विदेशी सैनिकमा काम नगरेको हुनुपर्ने रहेको जनाइएको छ । बीबीसी