site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा आज हुँदै चुनावी भाग्य फैसला, को होला भावी प्रधानमन्त्री ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

नयाँ दिल्ली । भारतमा ६ हप्ता लामो समय भएको लोकसभा निर्वाचनको परिणाम आज मंगलबार सार्वजनिक हुँदैछ । 

५४२ लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको छ । सूरतको एउटा निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा)का उमेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

KFC Island Ad
NIC Asia

सबैभन्दा पहिला पोस्टल मतपत्रको गणना सुरु गरी त्यसको आधा घण्टामा इबियम (इलेक्ट्रोनिक मतगणना मेसिन)मा रहेका मतपत्रको गणना गरिनेछ ।  यदि कुनै मतदान केन्द्रको ब्यालेट पेपर नभए सीधै इबीएमका मतको गणना गरिने जनाइएको छ ।

भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी १९ अप्रिलदेखि १ जुन सम्म विभिन्न सात चरणमा भएको मतदानका क्रममा कूल ९६ दशमलब ८ करोड मतदाता मध्ये ६४ दशमलब २ करोडले मतदाताको अधिकार प्रयोग गरेको जनाएका  छन् । सो मतदानमा ३१ दशमलब २ करोड महिला मध्ये औसतमा  ५८ दशमलब ५८ प्रतिशतले मतदान गरेको आयोगको तथ्यांक छ । 

निर्वाचनमा १ दशमलब ५ करोड सुरक्षाकर्मी सामेल भएको र ६८ हजार मानिसको निगरानी टोली बनाइएको थियो । 

आजको मतगणना सकिएपछि भारतको भावी प्रधानमन्त्री को हुने भन्ने कुराको टुंगो लाग्नेछ । यसअघि गरिएका एक्जिट पोलमा  नरेन्द्र मोदी नै तेस्रो कार्यकाल प्रधानमन्त्री हुने पूर्वानुमान गरिएको छ । यद्यपि विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले एक्जिट पोल अस्वीकार गर्दै आएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro