site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई राजतन्त्रको अपमान गरेको अभियोग लगाइने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

बैंकक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजतन्त्रको अपमान गरेको अभियोग लगाइने थाइल्यान्डका महान्यायाधिवक्ताले संकेत गरेका छन् । विवादास्पद राजनीतिक नेता सिनावात्रा १५ वर्षको प्रवास यात्रापछि गत वर्ष स्वदेश फर्किएका थिए ।

विवादास्पद उनी प्रवासबाट एक वर्षअघि स्वदेश फर्केका हुन् । उनले ९ वर्षअघि कोरियन न्यूज पेपरलाई दिएको एक अन्तर्वार्तालाई लिएर सो अभियोग लगाउन लागिएको हो  । यसरी राजतन्त्रको अपमान गर्न लागेको भनेर अभियोग लागेमा उनी त्यस्तो आरोप लाग्ने सबैभन्दा उच्च तहको व्यक्तित्व हुनेछन् । 

KFC Island Ad
NIC Asia

गएका चार वर्षको अवधिमा थाइल्यान्डमा सयौँ मानिसलाई यसप्रकारको अभियोग लागिसकेको छ । थाइ राजनीतिका एक ठूला खेलाडी मानिने सिनावात्रा गत वर्ष स्वदेश फर्किसकेपछि उनको परिवार र उनको लोकप्रियताबाट डराइरहेको कन्जरभेटिभ समूहबीच सम्बन्ध सुधारको प्रयास भइरहेको थियो ।

उनले प्रवासमा भएकै बेलामा कोरियन न्यूज पेपरमा सन् २०१५ मा एक अन्तर्वार्ता दिएका थिए । उनले सो अन्तर्वार्तामा राजाको टप एडभाइजरी बडीलाई २०१४ को मिलिटरी ‘कू’ गराएको आरोप लगाएका थिए । त्यतिबेली उनकी बहिनी यिङलक सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro