अर्थ व्यवसाय
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा पनि लघुवित्तका ऋणीहरूको कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आगामी वर्षका लागि यस्तो नीति लिएको बताएका हुन् ।
“लघुवित्तका ऋणीको कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गरिनेछ,” राष्ट्रपति पौडेलले भने ।
आगामी वर्ष सरकारले बैंक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त र बिमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न समय अध्ययन गरिएका प्रतिवेदनका सुझावलाई आधार मानेर समाधन खोजिने राष्ट्रपति पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्