देश
काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तहअन्तर्गत सहायक चौथो तहमा दरखास्त आह्वान गरेको छ । आयोगले अनमी, ल्याव असिस्टेन्ट, वैद्य, अहेब, असिस्टेन्ट सवइन्जिनियर, अमिनलगायत २६६ पदहरूका लागि आवेदन मागेको हो ।
रिक्त रहेका सहायकस्तर चौथो तह (प्राविधिक) पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।
न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np बाट दरखास्त दिनुपर्नेछ । आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० ०७:५१
प्रतिक्रिया दिनुहोस्