राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने जनाएका छन् ।
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै उनीहरूले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको आवश्यकता रहेको औँल्याएका छन् ।
प्रस्तावकमा धनराज गुरुङ र समर्थकमा बद्री पाण्डे र जीवन परियार छन् ।
सार्वजनिक पद धारण गरेका र त्यस्तो पदबाट अवकाश भएका अन्य पदाधिकारी र परिवारको नाममा रहेको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १७:३३
प्रतिक्रिया दिनुहोस्