राजनीति
काठमाडौं । नेकपा (एमाले)को स्याङ्जा जिल्ला कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जारी अधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन भएको पार्टी केन्द्रीय सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
जसअनुसार अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ, तिलमाया गुरुङ निर्विरोध चयन भएका हुन् ।
सदस्य पनि निर्वरोध चयन गर्ने विषयमा छलफल भइरहेको छ ।
अधिवेशनको चैत २३ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्