site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् वाइडबडी खरिद भ्रष्टाचार मुद्दामा मुछिएका पाँच विदेशी कम्पनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयागले वाइडबडी खरिदमा भएको 'भ्रष्टाचार' प्रकरणमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।

बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्दामा २४ नेपालीसहित ३२ लाई प्रतिवादी बनाइएको छ । जसमध्ये पाँचवटा विदेशी कम्पनी र ती कम्पनीका प्रतिनिधि छन् । 

KFC Island Ad
NIC Asia

प्रतिवादी बनाइएकामा निगमसँग सुरुमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसनल र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस छन् । उनी बेलायती नागरिक हुन् ।

अख्तियारले प्रतिवादी बनाएको अर्को आपूर्तिकर्ता कम्पनी जर्मन एभिएसन क्यापिटल हो । यस कम्पनीका प्रबन्ध निर्देशक आना टोपालाई पनि प्रतिवादी बनाइएको छ ।

पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोजसहित त्यस कम्पनीका अध्यक्ष पाउलो मिरपुरीलाई पनि भ्रष्टाचार मुद्दाका प्रतिवादी बनाइएको छ ।

आयरल्यान्डको हाइफ्लाई एक्ससहित कम्पनीका निर्देशकद्वय गेराल्ड थ्रोन्टन र क्रिस्टियन न्ह्युलेनलाइउ पनि अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

नर्टन रोज फुलब्राइट जर्मनी  र कम्पनीका हेड अफ एभिएसन मार्कुस र्‍याडब्रुच र वरिष्ठ परामर्शदाता राल्फ स्प्रिङ्गरलाई पनि अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । यी कम्पनीहरू प्रत्येकलाई अख्तियारले एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ असुलउपर गर्नुपर्ने मागदाबी लिएको छ ।

नेपाल सरकारका मन्त्री, सचिव, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, सञ्चालक समितिका सदस्यहरू र कर्मचारीलाई बिगोबमोजिम जरिवानासमेतको माग भएकोमा यी कम्पनीबाट भने बिगो असुलको मात्र मागदाबी गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro