site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविन लामा जेल चलान भएका छन् । आज जिल्ला अदालत काठमाडौंले लामाविरुद्ध कैद पुर्जी जारी गरेको हो ।

अदालतको फैसला अनुसार उनी २०८२ फागुन १५ गते हुनेछन् । तर, जरिवानाबापत उनले थप दुई महिना सात दिन कारगारमा बस्नुपर्नेछ । त्यसकारण उनी २०८३ वैशाख २२ गते मात्र कैदमुक्त हुनेछन् । साथै अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन भनेको छ ।

KFC Island Ad
NIC Asia

उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो ।

गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।

०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए । तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro