site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराई भट्टराईको गोरखा यात्रा :  मिसन ०८४ !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई कम्तीमा महिनाको एक पटक गोरखा पुग्छन् । सर्वसाधारणदेखि नेता कार्यकर्तासँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा राखिरहन्छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई अहिल्यैदेखि ०८४ मा हुने संसदीय चुनावको तयारीमा लागेको बुझिएको छ । भट्टराई निकट नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भट्टराई ०८४ को चुनावमा गोरखा–२ बाट उमेदवार बन्ने जानकारी दिएका छन् ।

“नेसपा अध्यक्ष बाबुराम भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा–२ का मतदाताहरूसँग वृहत् छलफल भएको थियो,” पाण्डेले आइतबार सामाजिक लेखेका छन्, “सो क्रममा आगामी निर्वाचनमा उमेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा–२ मा उमेदवार हुनुहुनेछ ।”

KFC Island Ad
NIC Asia

भट्टराईले ०७९ सालको चुनाव लडेनन् । आफ्नो पार्टीलाई पनि चुनाव लडाएनन् । नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न ‘गोलकारभित्र हसिया हथौडा’बाट आफ्नो पार्टीका केही नेतालाई निर्वाचन लडाए । सोही चुनाव चिह्नबाट आफ्ना अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सर्लाहीबाट निर्वाचन जिताए । यस्तै, समानुपातिकतर्फबाट उमरादेवी यादवलाई सांसद बनाए । वाग्मती प्रदेशमा गंगानारयण श्रेष्ठ र गण्डकी प्रदेशमा फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्य बनाए ।

उनले आफूले टिकट छाडेर काठमाडौं क्षेत्र नम्बर ७ मा छोरी मानुषि यमी भट्टराईलाई टिकट दिलाए । आफ्नो निर्वाचन क्षेत्र नम्बर गोरखा–२ भने पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छाडे । प्रचण्डलाई जिताउन उनले वडा तहसम्मै पुगेर भोट मागे ।

जवाफमा प्रचण्डले भट्टराईलाई राष्ट्रपति बनाउने वचन दिएको चर्चा थियो । तर, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएपछि भट्टराई प्रचण्डसँग चिढिएको बताइन्छ ।

अर्कोतिर निर्वाचनपछि उनको पार्टीले माओवादीसँग एकता गर्ने चर्चा थियो । गंगानारायण श्रेष्ठलगायत नेताहरू एकताका लागि लागेका थिए । त्यसमा भट्टराई पनि सकारात्मक थिए ।

तर, अहिले परिस्थिति बदलिएको देखिएको छ । भट्टराई आफैँ निर्वाचन लड्ने तयारीका साथ मैदानमा खएिटएका छन् । उनले माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचित आफ्ना सांसदको अद्यावधि गर्न भनेर निर्वाचन आयोग र संघीय संसद् सचिवालायई पत्र पठाएका छन् । तर, यो विषयमा दुवै तर्फबाट कुनै काम अघि बढेको छैन । 

“निर्णय नदिई हामीलाई झुलाउने काम मात्र भएको छ,” पार्टीका एक नेताले भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro